Logo

विविध

आगलागीबाट करोडौं रुपैयाँ बराबरको धनमाल नष्ट



धनुषाको जनकपुर उपमहानगरपालिका-२ शिवचोकमा रहेको सोही उपमहानगरपालिका-४ बस्ने हरिकान्त मिश्रको मिथिला डिपार्टमेन्ट स्टोरमा बिहीबार बिहान आगलागी हुँदा कस्मेटिक, ईलेक्ट्रोनिक, किराना सामान र तयारी कपडा समेत जलेर करिब २ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।  

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमकल र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १६:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।