सप्तरी, राजविराज नगरपालिका-११ झलि बस्ने रामचन्द्र यादबको गोठमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, कोशी गाउँपालिका-४ कोशी कटान बस्ने ३६ वर्षीय बुढीलाल खत्वेको घरमा बिहीबार दिउँसो आगलागी हुँदा बुढीलालको घर र सोही ठाउँ बस्ने बिनोद यादवको “कोशी कटान कुखुरा फर्म” समेत जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ललितपुर, महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार सिस्नेरी बस्ने भिमलाल दुवालको टहराको पूजाकोठामा धुप बाली राखेकोमा धुपबाट परालमा आगो सल्किएर बिहीबार राति आगलागी हुँदा टहरा समेत जलेर करिब १ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली, कैलाली गाउँपालिका-७ रतनपुर बस्ने ३४ वर्षीय राम बहादुर चौधरीको पोल्टी फर्ममा करेन्ट सर्ट भई बिहीबार बेलुका आगलागी हुँदा फर्म तथा करिब २ सय ५० वटा कुखुरा समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया