प्रदेश नम्बर १ का तीनजना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।
राज्यमन्त्री जसमाया गजमेरसहित सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमका कारणले प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री शेरधन राईले हिजो आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदबाट बर्खास्त गरेका थिए । मुख्यमन्त्री राईले आङ्बोलाई आफु बिरुद्दको अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै पदमुक्त गरेका थिए । नेकपाका प्रचण्ड–माधव पक्षका निकट मानिने आङ्बोलाई पदमुक्त गरेसँगै तीन जना मन्त्रीले पनि राजीनामा दिएका हुन् ।
यसैबीच प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रमा देखिएको विवादको प्रभाव प्रदेश सरकारतिर पनि देखिन थालेको हो ।




















प्रतिक्रिया