भारतीय कप्तान अजिक्य रहानेको सानदार शतकमा भारतले अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेलमा बलियो प्रर्दशन गर्दै अग्रता लिएको छ ।
दोस्रो दिनको समाप्तिमा भारतले अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा ८२ रनको अग्रता लिएको छ । भारत पहिलो इनिङमा ९१.३ ओभरमा २ सय ७७ रन बनाउन ५ विकेट गुमाएको छ । कप्तान अजिंक्या रहानेले कप्तानी इनिङ खेल्दै १ सय ४ रनमा अविजित छन् । रहानेलाई अलराउन्डर रविन्द्र जडेजाले ४० रनमा अविजित रहँदै राम्रो साथ दिएका छन् । छैटौं विकेटका लागि रहाने र जडेजाले १ सय ४ रनको अविजित शतकीय साझेदारी गर्दै बलियो योगफलको बाटोतर्फ अघि बढाएका हुन् ।
मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ७२.३ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया मार्नस लाबुसेनले सर्वाधिक ४८ रनको योगदान दिए ।
अष्ट्रेलिया कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । भारतका जस्प्रित बुमराहले ४ र रविचन्द्रन आश्विनले ३ विकेट लिए । डेब्यू टेष्ट खेल खेलि रहेका मोहम्मद सिराजले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
अस्ट्रेलिया सिरिज अन्तर्गत १ – ० ले अघि रहेको छ ।




















प्रतिक्रिया