दुर्घटनामा परी एउटा खुट्टा गुमाएका गोरखाका केशव लामिछानेलाई सामाजिक न्याय र समताकाे लागि पहल नेपाल कास्कीले आर्थिक सहयोग गरेको छ ।
लामिछाने बचाउ अभियानबाट संकलित ४७ हजार रुपाैया संस्थाको महासचिव लक्ष्मी सुनारको नेतृत्वमा गएको टोलिले लामिछानेलाई गोरखा सदरमुकाम पुगि हस्तान्तरण गरेको हो ।
दुर्घटनामा परि एउटा खुट्टा गुमाएका लामिछानेको उपचारमा समस्या भएपछि पहल नेपाल कास्कीले लामिछाने बचाउ अभियान संचालन गरेको थियो । अभियानको नेपालमा संस्थाको महासचिव लक्ष्मी सुनार र जापानबाट संस्थाको आजिवन सदस्य पशुपति ढकालले नेतृत्व गरेका थिए ।
गोरखाको भिमसेनथापा गाउँपालीका २ घर भएका लामिछाने घरको कमजोर आर्थिक अबस्था कारण कक्षा ११ मा पढ्दापढ्दै छोडेर २०७५ असारमा भारतको पन्जाब पुगेका थिए । पन्जाब गएको तीन महिनामा नै मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएर उठ्न नसक्ने भएका लामिछानेलाई ट्रकले किचेर मरणासन्न बन्नाएको थियो ।
हालसम्म लामिछानेको उपचारमा भारत र नेपालमा गरि करिब ७ लाख खर्च भएको छ । लामिछाने हाल जिल्ला अस्पताल गोरखाको निगरानीमा रहदै आएका छन् । आँखाभरी आँसु पार्दै लामिछानेले भने-`बुबाको पनि एउटा खुट्टा नशा रोगका कारण चल्दैन्, आमा पनि दमको रोगी हुनुहुन्छ । ´ घरमा लामिछानेका अपांङ्गताभएका ८० बर्षिय बाबु र ७२ बर्षिय आमा मात्रै छन् ।
अहिले त स्वस्थमा केही सुधार आएकाे जस्ताे छ तर घाउमा थप मासु पलाएर घाउ पाक्न शुरु भएकाे भन्दै लामिछानेले अझै सहयोग गरेर आफ्नो जीवन बचाउन सबैमा अपिल समेत गरेका छन ।
लामिछाने बचाउ अभियानमा संस्थाका आजिवन सदस्य पशुपति ढकाल रु १० हजार ,रबि सापकोटा (नुवाकोट हाल जापान )६ हजार , जगत बहादुर शाही, राम बहादुर महतरा (कैलाली हाल जापान)रु दुई दुई हजार,राम प्रसाद लामिछाने (तनहुँ हाल जापान), शिव बहादुर बिक (कास्की हाल जापान) पन्कज थापा (गोरखा हाल जापान) द्धारा रु पाँच पाँच ५ हजार सहयाेग प्राप्त भएकाे थियाे ।
त्यस्तै अभियानमा लु क्वाङ्ग थोवाङ (भियतनाम हाल जापान ) , एम जानका सिल्भा (श्रीलंका हाल जापान) राम कुमार सुनार (स्याङ्जा ) सन्तोष सुनार (धनगढी) ले अभियानमा दुई दुई हजार सहयाेग गरे भने संस्थाका सल्लाहकार अधिबक्ता शिव सुनार, अध्यक्ष प्रकाश अधिकारी तथा महासचिव लक्ष्मी सुनार र मनोज सुनारले एक एक हजार रुपाैया सहयाेग गरेका थिए ।
मानविय सेवा भन्दा ठुलाे अर्के कुनै धर्म नभएकाे भन्दै संस्थाका अध्यक्ष प्रकाश अधिकारीले अभियानमा सहयोग गर्ने सबै सहयोगि मनहरुप्रती धन्यवाद व्यक्त गरे । समाजिक सेवा प्रत्येक व्यक्तिको कर्तव्य भएकाले “बाँच र बाँच्न देऊ” भन्ने मर्मलाई जहिल्यै आत्मासाथ गर्नु पर्छ । अधिकारीले भने याे सहयाेग त्यसकाे प्रतिफल हाे ।
लामिछानेलाई सहयोग गर्न चाहनेले उनको NIC ASIA बैङ्कमा रहेको खाता नम्बर E787012085552401 मा जम्मा गर्न सक्नु हुनेछ । साथै पहल नेपाल माफर्त सहयोग गर्न इच्छुकले – ९८१७१९३५५९ र ९८४७६४२९६९ मा सम्पर्क गर्न सकिने छ ।




















प्रतिक्रिया