नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले शैक्षिक बितरण गरेकी छन । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ मा अवस्थित बाराही आधारभुत बिद्यालयका बिद्यार्थीहरुका लागि उनले शैक्षिक सामाग्री बितरण गरेकी हुन । पाण्डेले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको बाराही आधारभुत बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले जानकारी दिए ।
पाठ्यपुस्तक बितरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष पाण्डेले राज्यले शिक्षालाई निशुल्क भनेता पनि ब्यबाहारमा कार्यन्वयन हुन नसकेको बताइन । अझै पनि बिपन्न बर्गका बिद्यार्थीहरुले शिक्षाको अधिकारलाई उपभोग गर्न अनेक समस्या झेल्न परेको उनको भनाई थियो ।
स्थानीय सरकारले शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाइ पढ्न पाउने अधिकारको सुनिश्चत गर्न समेत उनले जोड दिइन ।बिपन्न बर्ग अध्यनरत बिद्यालयमा सहयोग गर्न पाउँदाआफुलाई खुषि लागेको उनले बताइन ।
नेपाल प्रेस युनियनका केनद्रिय सदस्य सरिता तिम्सिना पगेनीले शिक्षा पाउनु बालबालिकाको मौलिक हक भएको भन्दै कुनैपनि बाहानामा शिक्षाको अधिकारबाट बालबालिका बंचित गराउन नहुनेमा जोड दिईन । शिक्षा क्षेत्रको भौतिक र शैक्षिक बिकासका लागि शिक्षक,अभिभाबक र बिद्यार्थी एकजुट भएर लाग्नु पर्नेमा समेत उनले जोड दिइन ।
बाराहि आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिम बहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का सदस्य गणेश आचार्य, बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य,शिक्षक मनु गुरुड लगायतले बोलेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ कास्कीको पहल तथा बिभिन्न पब्लिकेशनहरुको सहयोगमा पाठ्यपुस्तक निशुल्क उपलब्ध गराइएको हो ।कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । २०२१ सालमा स्थापना भएको बिद्यालयमा ५४ जना बिद्यार्थीहरु अध्ययनरत छन ।




















प्रतिक्रिया