संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको बताएका छन् ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सहित अन्य चार पार्टीसँग एकता हुने भन्ने हल्ला मात्र भएको उनले बताए ।
विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले राजपालगायतका अन्य चार दलसँग एकताकोलागि प्रारम्भिक छलफलसमेत नभएको प्रस्ट पारे ।
‘नयाँ शक्ति पार्टीसँग एकता प्रक्रिया बढिरहेको छ,’ उनले भने, ‘तर, अन्य पार्टीसँग पनि छलफल भयो भन्नु हल्ला मात्र हो ।’
नयाँ शक्ति पार्टीसँगको एकता प्रकृया अझै निष्कर्ष नपुगेको उनले बताए । उनले दुई नम्बर प्रदेशमा सरकारको समिकरण फेरबदल हुने कुरा पनि निराधार भएको स्पष्ट पारे ।

















प्रतिक्रिया