Logo

प्रमुख समाचार

आगामी बजेटपछि मन्त्रीहरु हेरफेर, कुन कुन मन्त्रीको जादैछ जागिर, तयार भयो लिष्ट



प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मन्त्रीहरु हेरफेर गर्न तयार भएका छन् । आइतबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा करिब करिब मन्त्रीहरु हेरफेर गर्नेबारे सहमति भएको स्रोतको दाबी छ ।

आर्थिक वर्ष २०७६–७७ को बजेट ल्याएपछि मन्त्रिमण्डल हेरफेर हुने नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

उनकाअनुसार अध्यक्षद्धयबीच भएको छलफलमा यस विषयमा हिजै छलफल तथा सहमति भैसकेको छ । को को मन्त्री बनाउने र अहिले भएका क–कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि गहिरो छलफल भएको स्रोतको दाबी छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती गर्नेबारे दुई अध्यक्षहरुबीच गम्भिर कुराकानी भएको स्रोतको दाबी छ ।

लालबाबु पण्डितलाई पनि हटाउनेबारे छलफल भएको बुझिएको छ । उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट परराष्ट्रमा ल्याउने तयारी भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा लैजाने तयारी छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लैजाने ओली–प्रचण्डको तयारी छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ०९:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।