शुक्रबार ८ औँ राष्ट्रिय पोशाक तथा नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् ।
राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा “हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान” भन्ने मूल नाराका साथ माइतीघर मण्डलाबाट सुरु भएको ¥याली नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । सास्कृतिक पहिचान झल्कने पोशाकमा ढाका र भाद्गाउँले टोपी,दौरा–सुरुवाल,गुन्यु–चोली लगाएका युवा–युवतीहरुले नेपाली झण्डा र बाजागाजा सहित मार्चपास गरेका हुन् ।
पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले धरासायी बनाएकाले नेपालको संस्कृति, सभ्यता र धरोहरलाई विश्वसमुदायमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस मनाइएको राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।
नेपाली पोशाक संरक्षण गर्ने उद्देश्यले बि.सं२०७० सालदेखि प्रत्येक वर्षको पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो ।




















प्रतिक्रिया