Logo

राजनीति

कांग्रेस नेता कोइरालाको कोरानाका कारण मृत्यु



कोभिड संक्रमण देखिएपछि भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत निरञ्जन कोइराला मृत्यु भएको छ । आज बिहान ११ बजे उनको निधन भएको हो । केशव कोइराला र नोना कोइरालाका सुपुत्र निरञ्जन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाका दाई हुन् । 
 । 
उनको निधनले सिङ्गो पार्टी र प्रजातान्त्रिक आन्दोलनलाई अपुरणिय क्षति पुर्याएको नेपाली कांग्रेसले जनाएको छ । पार्टीका विभिन्न नेता तथा कार्यकर्ताले सामजिक सञ्जाल मार्फत मृतक कोइराला प्रति समबेदना प्रकट गरेका छन् । 

स्वर्गीय निरन्जन कोइरालाले निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्बाह गरेका थिए । स्वर्गीय कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी समेत हुन् ।

प्रकाशित मिति : १९ पुष २०७७, आईतवार १४:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।