Logo

प्रमुख समाचार

एसईईको परीक्षाफल प्रकाशित हुन ढिलाई हुने



परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले यस वर्ष एसईईको परक्षिाफल प्रकाशन केही पछि धकेलिने संकेत गरेको छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर परीक्षा पछि सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजन प्रक्रियाले पर्याप्त कर्मचारी नहुँदा उत्तरपुस्तिका परीक्षणमा असर परेको परीक्षा नियन्त्रक विष्णु अधिकारीले बताए।

८० प्रतिशत उत्तरपुस्तिका परीक्षणको काम सकिएर केन्द्रमा आइसकेको परीक्षा नियन्त्रक अधिकारीको भनाई छ । उत्तरपुस्तिका परीक्षण कार्य सकिए लगत्तै परीक्षाफलका लागि जुट्ने उनले बताए । गतवर्ष असार ११ गते परीक्षाफल प्रकाशित भएको थियो । यो वर्ष दुई साता पछि धकेलिन सक्ने नियन्त्रक अधिकारीको संकेत छ ।

यस पटकदेखि अन्तर प्रदेश उत्तरपुस्तिका परीक्षण थालेको भएपनि परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ मा उत्तर पुस्तिका परीक्षणको काम भरखर मात्र सुरु गरेको हो । यस पटक एसईई परीक्षामा ४ लाख ७७ हजार विद्यार्थी सामेल भएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ०५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।