Logo

विविध

सर्भरमा समस्या आएपछि  लाइसेन्सको अनलाइन फारम पुन : बन्द 



सर्भरमा समस्या आएको भन्दै  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुनः बन्द भएको छ । यायायात व्यवस्था कार्यालयले सोमबार एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको जनाएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो । लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ ।

No description available.

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।