Logo

प्रमुख समाचार

चिकित्सा विधेयक संसोधन गर्न डा. केसीको माग



सरकारले दण्डहीनता र निरंकुशता उन्मुख चरित्र देखाएको भन्दै त्यस्तो गतिविधि रोक्न डा.गोविन्द केसीले माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गरी उनले सरकारले समाजमा नीतिगत दण्डहीनताको डरलाग्दो खाडलमा धकेल्ने अभ्यास गरिरहेको आरोप लगाए । उनले दण्डहीनता र निरंकुशता उन्मुख कानूनी प्रावधान ल्याएको भन्दै त्यसलाई रोक्न पनि माग गरेका छन् ।

माफियामुखी प्रावधानसहित जबर्जस्ती संसदबाट पारित गरिएको चिकित्सा शिक्षा ऐन आफूसँग भएको सम्झौता बमोजिम संशोधन गर्न माग गरेका छन् ।

उनले सोहि विज्ञप्तिमार्फत् मिडियाको घाँटी थिच्ने नियतसहित आएको मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता हरण गर्ने नियतसहित आयोगको ऐनमाथि आएको संशोधन प्रस्ताव, विश्वविद्यालयहरुको स्वायत्तता फितलो बनाएर दलीय चलखेल बढाउने संशोधन प्रस्तावलगायत दण्डहीनता र निरंकुशता–उन्मुख सबै कानुनी प्रावधानहरु तत्काल रोक्न सत्तारुढलगायत सबै राजनीतिक दलहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

त्यसैगरी, सरकारले लोकतन्त्रको मर्मलाई आत्मसात नगरेकैले जति नाजायज काम गरे पनि संसदको बहुमत देखाएर त्यसको औचित्य देखाउन सकिन्छ भन्ने भ्रममा परेको उनले बताए ।

मिडिया काउन्सिलसम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र शिक्षासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन माग गरेका हुन् । केसीले यी कानूनी प्रावधानले मिडियाको घाँटी थिच्ने, मानव अधिकार आयोगको स्वायत्तता हरण गर्ने र विश्वविद्यालयमा दलीय चलखेल बढाउने केसीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।