Logo

गण्डकी प्रदेश

सामूहिक खेती प्रणालीमा जोड दिउँ: पोखरा महानगरपालिका प्रमुख जिसी



पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले परम्परागत खेती गर्ने प्रचलनमा सुधार गर्दै व्यावसायिक खेतीमा जोड दिएका छन्।

पोखरा महानगरपालिकाको सहयोगमा लेखनाथ सामूदायिक कृषि सहकारीद्वारा संचालनमा ल्याइएको कष्टम हायरिङ सेन्टर, कृषि औजार भाडाकक्ष शनिवार उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन्।

उनले कृषिलाई हेर्नलायक बनाउन नमुना खेती प्रणालीबाट उत्पादकत्व वृद्धि गरी सामूहिक खेती प्रणालीमा जानुपर्ने बताए। ‘अबको कृषि भनेको निर्वाहमुखी नभई व्यावसायिक तरिकाले उत्पादित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी कसरी उत्पादकत्व बढाउन सकिन्छ भनेबारे योजना बनाए महानगर हातेमालो गर्न तयार छ, ’ उनले भने।

लेखनाथ सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जग्गा ब्यवस्थापनदेखि अन्नबाली नभित्राउँदासम्म यहाँबाट सेवा पाउन सकिने बताए।

वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिए।

कार्यक्रममा सहकारी तर्फ बाट क्षेत्रशक्ति बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ईन्द्रबहादुर थापा र कृषि सञ्जाल अध्यक्ष दयाराम तिवारीले मानवस्वाथ्यमा असर नपुग्ने गरी उत्पादन गरे वस्तुको बजारीकरणमा कुनै समस्या नरहेको बताए।

कार्यक्रममा संस्थाका व्यवस्थापक शंकरप्रसाद पौडेलले कृषि औजारको उपयोगिता र संचालनका कार्यविधि बारेमा जानकारी गराएका थिए।

संस्थाले पहिलो चरणमा जोत्ने ट्याक्टर २ वटा, ढुवानीको लागि ट्रली, बोलेरो जिप, धान तथा गहुँ चुट्ने थेसर, आलु लगाउने मेसि, जग्गा सम्याउने मेसिन लगायतको व्यवस्था गरेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।