Logo

विविध

भाईरल हुनको लागि भिम विकलाई बनाए मजाकको पात्र , के होला त कानुनी सजाए ?



अहिले सामाजिक संजालले मानिसहरुलाई सजिलो मात्र बनाएको छैन् उक्त कारण विभिन्न घटनाहरु घटिरहेका छन् । काम गर्ने सजिलो र जुनसुकै कुरालाई आदानप्रदान गर्ने सकिने भएर सामाजिक संजाल हामी सबैले प्रयोग गर्ने गर्छौ तर जानेर वा नजानेर उक्त संजालको गलत प्रयोग भईरहन्छ । यसै सन्दर्भमा आफुलाई भाइल हुने उद्देश्यले  दुई जना युवतीले अपांगता भएको भिम बिकमाथि भद्दा मजाक गरेको भिडियो बनाएर सामाजिक सञ्जाल ‘अनलाइन तुफान’मा अपलोड गरेका छन् ।

उक्त भिडियो सामाजिक संजालमा पोष्ट हुनसाथ विभिन्न टिका  टिपणी आए जसका कारणले उक्त व्यक्तिहरु कारबाहीको दायरामा आउने भएका छन् ।  कसैको चरित्र हत्या गर्ने कसैलाई अघिकार छैन् आफु भाईरल हुनको लागि या त युटुवमा भिउज बढाउने उद्देश्यले अरुलाइ मजाकको पात्र बनाउन नत आफनो चरित्रले दिन्छ नत कुनै कानुनले । 

उक्त घटनाले सामाजिक संजाल तातिरहेको छ । सो भिडियो ‘अनलाइन तुफान’मा अपलोड हुनेवित्तिकै बिकमाथि भएको भद्दा मजाकको  विरोध भएको छ । विरोध भएपछि  युट्युबले उक्त भिडियो हटाइएको  छ । तर भिडियो कपी गरेर सामाजिक सञ्जालहरूमा फिजिएको हुदाँ अहिले पनि भाइरल बनेको छ । 

दुई जना युवतीले बिकलाई पहिला आफैले काखमा राखेर मजाक गरेका छन् । यति मात्र नभई आफै अंकमाल गरी आफुले नै जवरजस्ती गरी विकलाई आफुसँग चल्न  दिएका छन् । त्यसपछि बिक रोएका छन् । युवतीहरूले विभिन्न लाञ्छनाहरू बिकलाई लगाएर प्रहरीमा उजुरी दिनेदेखि विभिन्न खालका टर्चर गरेका छन् । सबैजना दर्शकहरु र आफु समक्ष कान समातेर माफी माग्न् पर्छ भन्दै गाली गलोज गरेका छन् ।

सशक्त कारवाहीको लागी अधिकारकर्मीहरुको माग

उक्त घटनालाई न्याय दिनुपर्छ भन्ने उद्देश्यले  सिर्जना  वाग्ले, सागर थापा, भुमिका भण्डारी लगायत अधिकारकर्मीहरुले अपाङ्ग बिकमाथि भद्दा मजाक गरेर भिडियो बनाइ युट्युबमा राख्ने दुई युवती र उनीहरूको टिमलाई सशक्त कारवाहीको माग गरेका छन् । उनीहरुलो आज राष्ट्रिय मानव अधिकार आयोगमा गएर कारवाहीको माग गरेका हुन् । एउटा अपांगता भएको व्यक्तिलाई प्रयोग गरेर आफू भाईरल हुन खोज्ने युवतीहरुमा अलिकति पनि मानवता नभएको देखिएकोले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आफूहरुले कारवाहीको माग गरेको अधिकारकर्मी सिर्जना वाग्लेले अनलाइनपानालाई बताईन् । 

033.JPG011.JPGCapture.JPG

 

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।