Logo

प्रमुख समाचार

चक्रपथ सरसफाई अभियान शनिबार ९६ औं हप्तामा



चक्रपथ सरसफाई अभियान शनिबार ९६ औं हप्तामा पुगेको छ । अभियानले कलंकीदेखि बालाजु गंगाहलसम्मको क्षेत्रमा सरसफाई गर्दै गरेको छ । सबैलाई जागरुक बनाएर समाजलाई सफा राख्ने उद्देश्यले अभियान थालिएको कुँवरले बताए ।

नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुँवरले केही सामाजिक काम  गरौं भन्ने उद्देश्यले यो अभियान थालिएको बताएका छन् ।

उनले स्थानीय बासिन्दा, सेना, प्रहरी, व्यवसायी, कलाकार तथा अन्यको पनि सहयोग र सहभागिता भएको जनाएका छन् । तर, सडकका छेउमै घर भएका घरबेटीहरुले भने असहयोग गरेको र अभियानलाई समर्थन नगरेको गुनासो गरेका छन् ।

कुँवरले भने ‘माथि रमिता हेरेर बस्छन्, सफा गर्नुको साटो उल्टै फोहोर गरिदिन्छन् ।’ शनिबारको कार्यक्रम कलंकी चोकमा भएको थियो । सडकमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दा पनि कसैले नटेरेको उनले बताए । शनिबारसम्ममा २ सय १४ ट्रक फोहोर संकलन गरिएको उनको भनाई छ ।

१००औं हप्ताको कार्यक्रममा विशेष योजनासहित अघि बढ्ने पनि उनले जनाए । ‘कमसेकम शनिबार विहान २ घण्टा समय मागेका हौं तर पनि पाइएन’ उनले भने ‘सबैको सहभागिता हुने हो भने चक्रपथलाई हराभरा बनाउन सकिन्छ ।’ उनले आप्नो इक्वीपमेन्ट प्रयोग गरेको र सचेतनाका लागि अन्य सामाग्री प्रकाशन गर्दा तथा टोपी र भेष्ट छाप्दा पनि केही खर्च लागेको बताए ।

आफूले आम्दानी गरेको थोरै खर्च समाजसेवामा लाउनु पर्छ भन्ने अभियान अन्तर्गत आफू सक्रिय भएको कुँवरको भनाई छ । ‘म काभ्रेबाट दुःख गरेर काठमाडौं आएको हुँ, त्यतिबेला मैले धेरै झन्झट भोगेको छु, पछिल्लो समयमा केही भयो होला तर अहिले पनि दुःख गर्दैछु ’ उनले भने ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।