Logo

विविध

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



झापा,शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को.१ ख ६०९८  नम्बरको बस र प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका(५ बस्ने २८ वर्षीया सलिना राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।