लोकसेवा आयोगले निकालेको विज्ञापन बन्द गर्ने या सञ्चालन गर्ने भन्ने विषयमा विवाद भईरहेका बेला एक समुहले आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।
लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो ।
आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए । ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो । आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै मासले चेतावनी दिएको छ । यसैबीच ताला करिब एक घण्टा पछि खोलिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
राजधानीमै मौलायो पकेटमार धन्दा, ८२ जना पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौले विशेष अभियान सञ्चालन गरी सवारी साधनमा पकेटमार गर्ने र चोरी गर्ने ८२ जना व्यक्ति पक्राउ गरेको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गर्दै ज्येष्ठ १ गतेदेखि ३२ गतेसम्म यातायात व्यवसायीहरूसँग सहकार्यमा गरिएको विशेष अभियानका क्रममा पक्राउ परेका ८२ जनालाई सार्वजनिक गरेको हो । बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरूको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दा चोर्दे रङ्गे हात ७८ पुरुष र ४ महिला पकेटमार चोरहरू पक्राउ गरी आवश्यक कानूनी कारबाही गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सार्वजनिक बसहरूमा २–२ जनाको दरले ६ जना सम्मको समूह बनाइ बस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई मोबाइल, नगद र सुनचाँदी पकेटमार गर्ने देखिएको परिसरका प्रमुख उत्तम राज सुवेदीले जानकारी दिए । पकेटमार गर्दा गर्दे विभिन्न व्यक्तिहरूका रु ६ लाख भन्दा बढी बरामद गरिएकोमा तत्काल सम्बन्धित व्यक्तिलाई पीडितहरूलाई आवश्यकता र व्यवहारीताको आधारमा फिर्ता गरिएको उनले बताए ।
त्यस्तै प्रहरीले डलर र नक्कल सुन साट्ने भनी लुटपाट गर्ने २ जना गिरोह पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे ८ घर भई काभ्रे पाँच खाल बस्ने जीतबहादुर तामाङ र राम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया