Logo

गण्डकी प्रदेश

पोखरामा साढे ६ लाख नगद सहित ९ जुवाडे पक्राउ



कास्की प्रहरीले पोखराबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।पोखरा ८ सुन्दरमार्ग स्थित नवराज थपलियाले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ६ लाख ६५ हजार ३ सय ५५ नगद, तास र कौडा बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई जुवातास मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरी प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ०५:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।