Logo

विविध

जबरजस्ती करणी अभियोगमा पक्राउ 



बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-४ छेडिया बस्ने २५ वर्षीया राम कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम कुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुनसरी, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरीलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काशीरामले ती महिलालाई सोमबार बेलुका जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-८ चिन्तन चौतारी नजिक फेला पारी उनलाई पक्राउ गरेको हो ।  उक्त घटनाबारे थप छानविन भईरहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।