नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको चुरीफुरी बढेको छ । पछिल्लो समयमा उनी निकै सक्रिय बन्दै गएका छन् । उनको अभियानले पार्टीलाई त त्यस्तै उस्तै हो गुटको राजनीतिलाई चाँही फाइदा पुग्ने छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा सिटौलाले आफूलाई सभापतिका रुपमा बलियो छु भनेर देखाउनुपर्ने छ । हिजो महाधिवेशनमा जाँदा हार खाएका उनले अझैसम्म गुट जिवितै राखेका छन् ।
सिटौलालाई मधेशका उमाकान्त, चर्चित नेता गगन, यूवा नेता प्रदीप र नेविसंघको राजनीतिबाट उदाएका अर्का उति नै लोकप्रिय नेता कुन्दनराज काफ्लेको पनि साथ भएकाले सिटौला मख्ख छन् । तर आगामी महाधिवेशन सिटौलाको पक्षमा त्यति सहज छैन ।
थापा महामन्त्री हुने दाउमा छन् । तर सिटौलाले एउटा पक्षको आधिकारिक टिकट पाएनन् भने गगनमात्र होइन अरुले पनि साथ छोड्ने पक्का छ । सिटौला पहिले पनि सभापति उठिसकेकाले अरु पदमा जालान् भन्ने छैन तर सहयोगी नहुँदा भने उनी अन्यौलमा पर्ने निश्चित छ ।
यही समूहबाट नै शेखर कोइराला, शसांक कोइराला, सुजाता कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका आफूलाई सभापतिको दाबेदार भन्दै हिँडेका छन् । तर पार्टी सभापति शेरबहादुर देउवा भने अर्को समूहमा उम्मेदवारमा झगडा हुन्छ र आफू सजिलै जित्छु भनेर मख्ख छन् ।
राष्ट्रिय नाचघरमा आज १२ बजे देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, नेताहरु उमाकान्त चौधरी, प्रदीप पौडेल, शिवप्रसाद हुमागाँईले सम्बोधन गर्ने छन् । जीपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको कार्यक्रममा सिटौला पक्षधरमात्र भेला हुने छन् । आजको कार्यक्रमबाट यो समूहले हामीसँग यति धेरै मान्छे छन् भनेर देखाउने मुख्य लक्ष्य राखेको छ ।




















प्रतिक्रिया