Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेश प्रहरी प्रमुखको स्वागत



गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले जनता र प्रहरी बिचको समन्वयात्मक भूमिकाबाट मात्रै समाजलाई अपराध मुक्त बनाउन सकिने बताउँदै अब समुदाय र प्रहरी हातेमालो गर्दै थप लाग्नुपर्ने बताएका छन् ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्यव समिति कास्कीले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

साथै नागरिकको सहयोग बिना प्रहरी एक्लै समाजमा सफल हुन नसक्ने बताउँदै समाजसंग हातेमालो गर्दै संगसंगै जान प्रहरी कटिबद्ध रहेको समेत उनले स्पष्ट पारे ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुले प्रहरी नायव महानिरीक्षक घिमिरेलाई सफल कार्यकालको शुभकामना सहित पुष्पगुच्छाले स्वागत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्किलाई समेत स्वागत गरिएको उक्त कार्यक्रममा बोल्ने सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुले नेपाल प्रहरी संग हातेमालो गर्दै समाजमा व्याप्त विकृती विसंगती विरुद्ध लड्ने अभिप्रायका साथ स्थापना भएका सामुदायिक प्रहरी सेवा केन्द्रहरु सदैव प्रहरीका विभिन्न जनलक्षित नीतिहरुको कार्यान्वयनका लागि लागि पर्ने बताए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार ०५:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।