Logo

विविध

बक्षस्थलबारे कुन देशमा कस्ता प्रतिबन्ध



दुनियाभर केही यस्ता देशहरु छन् जहाँ महिलाहरुलाई थरीथरीका बन्देज लगाइएका छन् । के तपाइँले यस्तो देशका बारेमा सुन्नुभएको छ जहाँ महिलाहरुको वक्षस्थलमाथि पनि विभिन्न खाले प्रतिबन्ध लगाइएको छ ?

यद्यपि कतिपय पूराना कानूनहरु अहिले कार्यान्वयनमा नहुन सक्छन् र जनता तथा सरकारले नै त्यस्ता कानूनप्रति नजरअन्दाज गरिरहेको हुनसक्छ । तर विश्वका केही देशमा पहिलेदेखि नै कायम महिलाका वक्षस्थ्ल विरोधी केही कानून अनौठा छन् ।

रुस

रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ ।

मेक्सिको

मेक्सिकोमा जनताले घरमा बन्दुक राखेमा कारवाही भोग्नु पर्दैन । तर यदि कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० यरो बराबरको जरिवाना तिर्नुपर्छ ।

ब्राजिल

दक्षिण अमेरिकी देशहरु अंग प्रदर्शनका लागि धेरै उदार रहेको अनुमान त्यहाँ हुने विभिन्न नृत्य तथा महोत्सवहरुमा गरिने अंग प्रदर्शनबाट गर्न सकिन्छ । तर ब्राजिलमा अंग प्रदर्शन विरुद्ध कडा कानून छ । यदि त्यहाँ कोही महिलाले आफ्नो वक्षस्थल प्रदर्शन गरेमा ३ वर्षको जेल सजाय हुने प्रावधान छ ।

सूडान

सुडानमा आफ्नो वक्षस्थल देखाउने महिलालाई ५० कोर्रा हिर्काइन्छ ।

सिरिया

सिरियामा महिलाहरु हिजाब नलगाएको आरोपमा पनि जेलको हावा खानुपर्छ भने वक्षस्थ्ल देखाउँदा त के होला रु अनुमान पनि गर्न सकिन्न ।

इराकमा

इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गरिन्छ र जेलमा हालिन्छ ।

युएइ

आफ्नो वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई युएइमा ६ महिनाको कैद हुने प्रावधान छ ।

सिंगापुर

यो देश दुनियाभरमा आधुनिकतामा अगाडि छ । तर त्यहाँ यदि कोही महिलाले स्तन देखिने कपडा लगाएमा उनलाई ९० दिनसम्मको जेल सजाय हुने कानून छ ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।