Logo

विविध

२०७६ साल असार ३० गते सोमवारको राशिफल



आज पञ्चाङ २०७६ साल असार ३० गते सोमवार, तदनुसार १५ जुलाई २०१९, नेपाल संवत ११३९, अषाढ मासको शूक्लपक्षको चर्तुदशी तिथी, सुर्योदय विहान ५ः१९ मा भयो भने सुर्यअस्त साँझ ७ः०० मा हुनेछ ।

मेष राशी

नवंम भावको चन्द्रमाले भाग्य उदय हुनेछ । तिर्थ यात्राको सम्भावना रहेको छ । प्रशिद्धि प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ६, शुभ रङ हल्का निलोे ।

बृष राशी

अस्ठम भावको चन्द्रमाले चोटपटक तथा दूर्घटना हुनसक्नेछ । आँखामा पीडा उत्पनन हुनेछ । मानशिक तनाबको सामाना गर्नुपर्नेछ । आजको शुभ अंक ३, शुभ रङ निलो ।

मिथुन राशी

संप्तम भागको चन्द्रमाले पति पत्नी बीचमा राम्रो सम्बन्ध रहनेछ । साजेदारी काममा फाइदा हुनेछ । चन्चलता उत्पन्न हुनेछ । आजको शुभ अंक २, शुभ रङ रातो ।

कर्कट राशी

छैंटम भावको चन्द्रमाले ऋण र रोगको सामना गर्नु पर्नेछ । शत्रुले दmुख दिनेछन् । डरको भावना पैदा हुनेछ । आजको शुभ अंक २, शुभ रङ आँकासे ।

सिंह राशी

पञ्चम भावको चन्द्रमाले स्वास्थ्य राम्रो रहनेछ । शिक्षा क्षेत्रमा सफलता प्राप्त होला । मानशिक समस्या हुन सक्नेछ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।

कन्या राशी

चतुर्थ भावको चन्द्रमाले पारिवारिक सम्बन्ध राम्रो हुनेछ । आमाको माया प्राप्त होला । वाहान प्राप्त हुने योग रहेको छ । आजको शुभ अंक ४, शुभ रङ खइरो ।

तुला राशी

तृतीय भावको चन्द्रमाले साहशमा बृद्धि हुनेछ । बलबान भइने योग रहेकोछ । बोलिमा मधुरता आउनाले मनमा शान्ति रहनेछ । आजको शुभ अंक ७ ,शुभ रङ बैजनी ।

बृश्चिक राशी

द्वितीय भावको चन्द्रमाले धन सञ्चय हुनेछ । प्रेम प्रश्ताव आउन सक्नेछ । नातेदारबाट घन आगमन हुने योग रहेको छ । आजको शुभ अंक ५, शुभ रङ हरियोे ।

धनु राशी

प्रथम भावको चन्द्रमाले चलाख तथा उत्साही भईनेछ । कार्यगर्ने क्षमतामा बृद्धि हुनेछ । महत्वकाँक्षा बृद्दि हुने योग रहेकोछ । आजको शुभ अंक ८, शुभ रङ सेतो ।

मकर राशी

द्वादश भावको चन्द्रमाले आर्थिक तनाबको सामना गर्नुपर्ने छ । सरकार तथा हाकिमले कस्ट दिन सक्नेछन । दिनभर छटपटी रहनेछ । आजको शुभ अंक ६, शुभ रङ खइरो ।

कुम्भ राशी

एकादश भावको चन्द्रमाले आर्थिक लाभ प्राप्त हुने योग रहेकोछ ।सफलता प्राप्त हुने योग रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । आजको शुभ अंक १, शुभ रङ हल्का पहेलो ।

मिन राशी

दशंम भावको चन्द्रमाले मानसम्मान प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । मित्रको संख्यामा बृद्धि हुनेछ । आजको शुभ अंक ६ , शुभ रङ गुलावी ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।