Logo

गण्डकी प्रदेश

विप्लवको युवा संगठनका अध्यक्ष र सचिव पक्राउ



नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह सम्बद्ध युवा संगठन नेपालका अध्यक्ष र सचिव मंगलबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा विप्लव समूह सम्बद्ध युवा संगठन नेपाल तनहुँका अध्यक्ष नेत्र प्रसाद थापा र सचिव विष्णु कुमार श्रेष्ठ ‘दृष्टी’ रहेका छन्।

दमौली बजार क्षेत्रबाट विभिन्न पर्चा, पम्प्लेट लगायतको प्रमाणसहित थापा र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार ती दुवैलाई विभिन्न प्रमाणसहित नियन्त्रणमा लिई मंगलबारै तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

आवश्यक पक्राउ पुर्जी स्वीकृत गराई राजद्रोह मुद्दामा थप अनुसन्धान भइरहेको लामिछानेले बताए। ३६ वर्षीय थापा व्यास नगरपालिका–१४ केशवटार र ३० वर्षीय श्रेष्ठ भानु नगरपालिका–२ भकुन्थोक निवासी हुन्।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।