Logo

गण्डकी प्रदेश

श्रीमतीको धारिलो हतियार प्रहारबाट श्रीमानको मृत्यु



पोखरामा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ । घरायसी झगडामा पोखरा – १६ गोष्टे स्थित शिवालय ठाँटी समाज घरमा बस्ने सिता परियारले दाउले प्रहार गर्दा श्रीमान ५० वर्षीय चतुरे भनिने सुकराम परियारको मृत्यु भएको हो ।

बुधबार श्रीमतीको धारिलो हतियार प्रहारबाट घाईते भएका सुकरामको बिहीबार मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते सुकरामलाई बुधबार मातृशिशु अस्पतालमा प्राथमिक उपचारपछि अर्को अस्पताल रिफर गरिएको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनका अफन्तले घरमै लगेका थिए । सुकरामको बिहीबार घरमै मृत्यु भएको हो । प्रहरीका अनुसार सिता बोल्न नसक्ने शारिरिक अपाङगता भएकी व्यक्ति हुन् ।

श्रीमती सिता परियारलाई नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।