Logo

विविध

महिला पुरुषको यी अंग प्रति आकर्षित हुन्छन



सामान्यतया महिला पुरुष प्रति र पुरुष महिला प्रति आकर्षित हुनु कुनै नौलो कुरा होइन । यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।

यी अंग प्रति आकर्षित हुन्छन महिला

आँखा : पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई स्वस्थ्य राख्नु आवश्यक छ। त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खानाको आवश्यक हुन्छ ।

कपाल : कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुष तर्फ आकर्षित हुन्छन् ।

ओठ र दाँत : गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ ।

छाला : सफा, स्वस्थ र चम्किलो छालाप्रति पनि महिलाहरु भुतुक्कै हुन्छन् । यस तर्फ पनि पुरुषले ध्यान दिनुपर्छ ।

जुँघा र दाह्री : बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु आकर्षित हुन्छन् ।

छाति र काँध : चौडा काँध र छाति, मस्कुलर शरीर, बलियो शरीरले महिलाहरूलाई चाँडो आकर्षित गर्छ ।

नेपालमै यस्तो ठाउँ जहाँ रक्सी खान मदिरा सेवन कार्ड चाहिन्छ

सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमूल गाउँपालिकामा परिचय पत्रबिना रक्सी किन्न र खान पाइँदैन । गाउँपालिकाले गत वर्ष असारमा ‘मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५’ ल्याएपछि मदिरा सेवन कार्डबिना रक्सी खान पाइदैँन । उक्त कार्यविधि कार्यान्वयनमा आएपछि अहिले उक्त गाउँपालिकामा रक्सी खानेको संख्या घटेको छ ।

दिउँसभरि रक्सी किन्न र बेच्न पाइदैँन । बेलुकी ६ बजे देखि ९ बजेसम्म मात्रै गाउँपालिकाभरि एउटा पसललाई मात्र रक्सी बेच्न पाइने अनुमति गाउँपालिकाले दिएको छ ।

रक्सी खानको लागि मदिरा पिउने परिचय पत्र बनाउनुपर्ने हुन्छ । गौमूल गाउँपालिकाका २ सय जनाले परिचय पत्र बनाइसकेका छन् । गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीका परिवारले मदिरा बिक्री गर्न पाउँदैनन् । १८ वर्ष मुनिकाले मदिरा किन्न र खानसमेत रोक लगाइएको छ । त्यस्तालाई बिक्रि वितरण गर्ने व्यवसायीलाई कारवारी गर्ने गाउँपालिकाले बताएको छ ।

रक्सी किन्नकालागि कार्ड चाहिन्छ । बिनाकार्ड रक्सी किनेर खाएको फेला परे पहिलो पटक दुई हजार रुपैँया जरिवाना लाग्छ । उक्त नियम लागू गरेपछि अहिलेसम्म एक लाख रुपैँया संकलन भइसकेको छ । सर्वसाधरणलाई २ हजार जरिवाना भएपनि जनप्रतिनिधिलाई ५ हजार रूपैयाँ जरिवाना रहेको छ ।

गाउँपालिकाले रक्सी बेच्नकालागि लिलाम बढबढावटका आधारमा पसल छनोट गर्ने गरेको छ । एकजनाले दैनिक १८० मिलिलिटरभन्दा धेरै रक्सी पिउन रोक छ । बियर हो भने एक बोतल खान पाइन्छ । सेवनकर्ताले कति रक्सी पियो भन्ने जानकारी कार्डमा उल्लेख गरिन्छ ।

रक्सी पिउनेले कार्ड बनाउँदा पाँच सय र वार्षिक नवीकरण गर्दा पाँच सय रूपैयाँ गाउँपालिकालाई बुझाउनुपर्छ । कोही पाहुना गाउँपालिकाभित्र गएको छ भने उसले दुई सय तिरेर ‘अतिथि मदिरा सेवन कार्ड’ बनाउनुपर्छ ।

अनुमति पाएकोभन्दा धेरै रक्सी बिक्री गरेको भेटिएमा कारोबारको १० प्रतिशत थप रकम गाउँपालिकालाई बुझाउनुपर्ने नियम बनाएपछि व्यापारीहरूले पनि तोकिएको मात्रा मात्रै बिक्री गर्छन् । गाउँपालिकामा बुझाएको सबै रेकर्ड वडामा पनि बुझाउनुपर्ने र वडाले कार्यविधि उल्लंघन भएरनभएको अनुगमन गर्छ ।

नियम विपरीत मदिना उत्पादन र बिक्री वितरण गरे पहिलो पटक १० हजार र दोहोरिएमा २० हजार जरिवाना लाग्ने गाउँपालिकाले बताएको छ । जरिवानाबाट उठेको शुल्क पनि गाउँपालकाले छुट्टै खाता खोलेर जम्मा गरेको छ। त्यसबाट प्राप्त रकममध्ये २५ प्रतिशत सुरक्षा व्यवस्थापन, २५ प्रतिशत शिक्षारस्वास्थ्य र १० प्रतिशत सुराकीलाई दिइन्छ भने ३० प्रतिशत गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।