Logo

गण्डकी प्रदेश

वडाध्यक्ष आफ्नै कार्यकर्ताबाट कुटिए



पोखरा महानगरपालिका–२१ का वडाअध्यक्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका छ्न् । आइतबार साँझ सोही वडाका बासिन्दा दाताराम आचार्यले वडाअध्यक्षमाथि कुटेका हुन् ।

पोखराको राष्ट्र बैंक चोक स्थित एक जुस पसलमा जुस खाएर बसेको अवस्थामा पछाडीबाट आएर एकाएक दातारामले आफु माथि कुटपिट गरेको अध्यक्ष आचार्यले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले आन्तरिक विवादका कारण घटना भएको बताए । कुटपिटमा संलग्न आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।