Logo

गण्डकी प्रदेश

पोखरा २१ का वडाध्यक्ष खगराज नेकपाकै कार्यकर्ताबाट कुटिए



पछिल्लो समय जनप्रतिनिधिले जनताको हातबाट पिटाइ खाएका खबरहरु बाहिर आइरहेका छन् । पोखरा महानगर वडा नं २१ का अध्यक्ष खगराज आचार्य पनि आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् । उनी नेकपा एमाले बाट बिजय भएका हुन।

स्वर्गिय रबीन्द्र अधिकारीकै वडाका आचार्य पछिल्लो समय रबीन्द्रको घोर बिरोधीका रुपमा उत्रिएका थिए। कहिले मानब अधिकारबादी बन्ने त कहिले नागरिक समाज

बनेर वडाध्यक्ष भएका आचार्य डोजर काण्ड, र उपभोक्तासंग कमिशनको चक्करमा चलखेल गरेको आरोपित थिए। आचार्यलाई के कारण आफ्नै कार्यकर्ताबाट मुक्का प्रहार भयो भन्ने कुरा अनुसन्धानको बिषय बनेको छ।

सोमबार साँझ राष्ट्र बैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्यक्षमाथी मुक्का प्रहार गरेका हुन।

मुक्का प्रहार पछि आचार्यले दातारामलाई वडा प्रहरी कार्यालय बैदाममा हारगुहार गरेपछि आइतबार साँझै नियन्त्रणमा परेका थिए। कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण झगडा परेको बताए ।

कहाँ कहाँ छैनन् जनप्रतिनिधि ?

बिभिन्न ३४ जिल्लाका ४२ स्थानीय तहका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख-उपाध्यक्ष रिक्त रहेका छन् ।

उनका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, फागुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ निधन भएका कारण रिक्त रहेको छ ।

रिक्त पदाधिकारी हुनेमा धेरैजसो निधन र जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । रिक्त हुनेमा सबैभन्दा बढी महोत्तरीमा चार पदाधिकारी, प्यूठान, पाँचथर र बैतडीमा तीन-तीन पदाधिकारी रिक्त छन् । महोत्तरीको बेलवा नगरपालिका दुई पदाधिकारी, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका एक-एक पदाधिकारी रिक्त रहेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका वडाध्यक्ष रिक्त रहेका छन् । पाँचधरको फिदिम नगरपालिका, फागुनन्द गाउँपालिका, हिलिहाड गाउँपालिकामा एक-एक रिक्त छ । प्यूठानको ऐरावती गाउँपालिका वडा नं १ र २ सहित प्यूठान नगरपालिकामा एक जना वडाध्यक्ष रिक्त रहेका छन् । यस्तै चितवनको खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५, सङ्खुवासभाको खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा पनि वडाध्यक्ष रिक्त रहेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारीको निर्वाचन आगामी मङ्सिर १४ गते निर्वाचन गर्ने तयारी गरेको छ । सङ्घमा कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त रहेको छ ।

यसैगरी प्रदेश सदस्य निधन भएका बागलुङ निर्वाचन क्षेत्र २ (२), भक्तपुर निर्वाचन क्षेत्र १ को (१) र दाङ निर्वाचन क्षेत्र ३ को (२) मा समेत निर्वाचन गराइने छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।