राष्ट्रिय नागरिक आन्दोलनले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सरकार र प्रहरीले नागरिकमाथि गरेको ज्यादतीका बिरुद्दमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार नागरिक आन्दोलन समितिका तर्फबाट पृथ्वी जयन्ती मनाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १०८ फिट लामो माला चुडाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दोषी उपर कारवाहीको माग गरेको हो ।
ज्ञापनपत्रमा, प्रहरीलाई इट्टा हानेर उत्तेजित बनाउने अपरिचित व्यक्तिहरुको पहिचान गरी कारवाहीको माग समेत गरिएको छ ।
दमनका क्रममा सामाजिक एवंम् धार्मिक अधिकारकर्मी सिर्जना वाग्ले लगायतका अधिकारकर्मी माथि प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।






















प्रतिक्रिया