Logo

विविध

२०७६ साल श्रावण २५ गते शनिबारको राशिफल



आज पञ्चाङ २०७६ साल श्रावण २५ गते शनिबार, तदनुसार १० अगस्त २०१९, नेपाल संवत ११३९,श्रावणमासको शुक्ल पक्षको दशंमीतिथी, सुर्योदय विहान ५ः३२ मा भयो भने सुर्यअस्त साँझ ६ः४५ मा हुनेछ ।

मेष राशि

अस्ठम भावको चन्द्रमाले आकस्मिक लाभ प्राप्त हुने देखिन्छ । दवाव र तनाब बढेको महशुस हुने देखिन्छ । मनमा दिक्दारी उत्पन्न हुने योग रहेको देखिन्छ । आजको शुभ अंक ३, शुभ रङ निलो ।

बृष राशि

संप्तम भागको चन्द्रमाले व्यवसायीक साझेदार बीचमा रामो सम्बन्ध रहने देखिन्छ । प्रेम प्रस्ताव आउन सक्ने योग रहेको छ । मन चन्चल रहने योग रहेको छ । आजको शुभ अंक २, शुभ रङ रातो ।

मिथुन राशि

छैंटम भावको चन्द्रमाले वैदेशिक यात्राको सम्भावना रहेको छ । सत्रुले दुःख दिनसक्ने योग रहेको छ । आर्थिक समस्याको सामाना गर्नुपर्ने देखिन्छ । आजको शुभ अंक २, शुभ रङ आँकासे ।

कर्कट राशि

पञ्चम भावको चन्द्रमाले विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे सफलता प्राप्त हुने देखिन्छ । सन्तान सुख प्राप्त हुने योग रहेको देखिन्छ । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।

सिंह राशि

चतुर्थ भावको चन्द्रमाले घर जग्गाको कारोवारमा सफलता मिल्ने देखिन्छ । परिश्रम गरे दिन फलदायी हुने देखिन्छ । आमाको सहयोग प्राप्त हुने योग देखिन्छ । आजको शुभ अंक ४, शुभ रङ खइरो ।

कन्या राशि

तृतीय भावको चन्द्रमाले परिश्रमको उचित मुल्याङ्कन हुने देखिन्छ । पराक्रम वृद्धि हुने योग रहेको छ । साथीभाइ बाट सहयोग प्राप्त हुने देखिन्छ । आजको शुभ अंक ७ ,शुभ रङ बैजनी ।

तुला राशि

द्वितीय भावको चन्द्रमाले कुटुम्वको सहयोग प्राप्त हुने योग रहेको छ । घरमा पाहुनाको आगमन हुने देखिन्छ । धनको सही सदूपयोग हुने योग रहेको देखिन्छ । आजको शुभ अंक ५, शुभ रङ हरियोे ।

बृश्चिक राशि

प्रथम भावको चन्द्रमाले आत्मासन्तुष्टी हुने योग रहेको देखिन्छ । मनमा उत्साह उत्पन्न हुन सक्नेछ । प्रेम प्रस्ताव आउने योग रहेको छ । आजको शुभ अंक ८, शुभ रङ सेतो ।

धनु राशि

द्वादश भावको चन्द्रमाले विदेशी व्यक्तिबाट सहयोग प्राप्त हुने संभावना रहेको छ । खर्चम बृद्धि हुने योग रहेको छ । धर्यतामा कमी आउन सक्ने देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ खइरो ।

मकर राशि

एकादश भावको चन्द्रमाले रोकिएको धन हात पर्ने देखिन्छ । शुभकार्यको चर्चा चल्ने योग रहेको छ । प्रेम प्रस्ताव आउन सक्ने योग रहेको छ । आजको शुभ अंक १, शुभ रङ हल्का पहेलो ।

कुम्भ राशि

दशंम भावको चन्द्रमाले परिश्रम गरे फाइदा मिल्ने छ । नयाँ कामको प्राप्त हुने योग रहेको छ । पिताको सहयोग प्राप्त हुने देखिन्छ । आजको शुभ अंक ६ , शुभ रङ गुलावी ।

मिन राशि

नवंम भावको चन्द्रमाले भाग्यले दिनभरि साथ दिने छ । धार्मिक यात्राको योग रहेको छ । रोकिएका कामहरु पूरा हुने सम्भावना देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ हल्का निलोे ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।