Logo

प्रमुख समाचार

विप्लवपुत्र संघर्षमा उत्रिए, मेडिकल माफियाको निद हराम



नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र प्रकाश चन्द चिकित्सा शिक्षा क्षेत्रलाई माफिया र दलालले तहस बनाएको र त्यसलाई सरकारले समेत संरक्षण दिइरहेको भन्दै विरुद्धमा संघर्षका कार्यक्रमसहित मैदानमा उत्रिएका छन् ।

चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस गरेका छन् । नवलपरासीकाे शिवगढीलगायत देशका विभिन्न स्थानमा पुगेर उनको नेतृत्वमा नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै शिविर संचालन गर्दै आइरहेका छन् ।

नागरिकको स्वास्थ्य उपाचार सेवालाई मौलिक हकको रुपमा संविधानमा व्यवस्था गरिएको छ । तर नागरिकको स्वास्थ्य उपचार सेवा चर्को महंगी बन्दै गइरहेको सन्दर्भमा चन्दको नेतृत्वमा चिकित्सा सेवामा अराजकता र दलालीकरण व्यापक बन्दै गइरहेको र त्यसमा सरकारकै संरक्षण रहेको भन्दै त्यसलाई परिवर्तन गरेर नागरिकको तहमा सर्वशुलभ उपचार सेवाको व्यवस्था गर्न ‘चिकित्सा शिक्षा संघर्ष’ कार्यक्रमसहित भदौ ५ गतेबाट आन्दोलनमा उत्रिएको हो ।

आगामी भदौ २५ गतेसम्मको लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । आज मागपत्र वितरण कार्यक्रम रहेको संघर्ष अभियानले जनाएको छ । यसबाट मेडिकल माफिया र दलालहरुको निद हराम भएको स्रोतले जनायो । चिकित्सा क्षेत्रमा चरम घुसपैठ र दलालीकरण भएपछि त्रिभुवन शिक्षण अस्पतालका अर्थोपेडिक विभागमा चिकित्सक डा. गोविन्द केसीले १९औं पटक अनसन कार्यक्रम सम्पन्न गरिसकेका छन् । उनीसँग सरकारले माग पूरा गर्ने आश्वासन दिई गरिएका सम्झौताहरु कार्यान्वयन भएको छैन । उनले पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

यस्तै परिस्थितिबीच जनस्वास्थ्यकर्मी महासंघ चरणवद्ध संघर्षका कार्यक्रमसहित अगाडि आएको छ । संघर्ष अभियानका संयोजक चन्द नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ०६:३९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।