सांसद डा. डिला संग्रौलाले डेंगु देशभर फैलिँदा समेत सरकार गम्भीर नबनेको बताएकी छन् । सरकारकै बेवास्ताका कारण तराईमा देखिएको डेंगु पहाड हुँदै हिमालसम्म फैलिएको बताइन् ।
डा. संग्रौलाले आइतबारको संसदको बैठकमा सो विचार राखेकी हुन् । ‘चितवन, काठमाडौं, कास्की हुँदै देशैभरि संक्रमण बढिरहेको डेंगुलाई प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए अहिलेको अवस्था देशैभरि यसको प्रभाव भयावह रुपमा पैmलिने थिएन’ बैठकमा मत राखिन् ।
डेंगुको प्रकोप नियन्त्रण गर्न यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुखमार्फत उनले सरकारसँग जोडदार माग गरिन् ।
देशभर गरी अहिलेसम्म डेंगुबाट ४ जना संक्रमितको ज्यान गएको स्वाथ्य विभागका इपिडिमियोलोलीले जनाएको छ । सयौंको संख्यामा नागरिक यस रोगबाट संक्रमित भएको अवस्था रहेको पनि जनाएको छ ।




















प्रतिक्रिया