Logo

प्रमुख समाचार

विप्लव नेकपानिकट विद्यार्थी संगठनको काठमाडौं सम्मेलन



विप्लव नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले २५औं काठमाडौं जिल्ला सम्मेलन आइतबार सम्पन्न गरेको छ ।

सम्मेलनले गोविन्द विष्टको अध्यक्षतामा पाँच पदाधिकारीसहित ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको समाचार प्राप्त भएको छ । सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का उपाध्यक्ष रुद्र भट्टराई थिए । अतिथिहरुमा उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिक, नेकपा काठमाडौं सेक्रेटरी पवन, महिला प्रतिनिधि लेना र युवाका अविरललगायत उपस्थित थिए ।

अतिथिहरु सबैले नयाँ कार्यसमितिलाई बधाई शुभकामना दिएका थिए । सम्मेलनको नारा ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन ! शिक्षामा माफियाकरण, दलालीकरण र भ्रष्टिकरणको अन्त्यका लागि २५औं काठमाडौं जिल्ला सम्मेलन !! तय गरिएको थियो । हालै सम्पन्न भएकाे भनिएकाे सम्मेलनको स्थान र समय भने खुलाइएको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार १४:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।