अखिल (क्रान्तिकारी)ले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी चरम दलालीमा परी कमजोर भवनमा राखेर विद्यार्थीलाई पढाउने गरिएबाट भवन भत्किएर विद्यार्थी गम्भीर चोटमा परेको भन्दै काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा संचालित विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुललाई कारवाही गर्न माग गरेको छ ।
भवनको बार्दली भत्किएबाट घाइते विद्यार्थीको निशुल्क उपचारको माग गर्दै र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त विद्यालयको बुधबार भवन भत्किँदा ४२ विद्यार्थी घाइते भएका थिए । उनीहरुको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
‘विद्यार्थीसँग चर्को शुल्क असुल्ने तर कमजोर तथा काम चलाउ भौतिक संचरना निर्माण गर्ने विद्यालय प्रशासन घटनाको मुख्य दोषी’ संयोजक विकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विद्यालयको भौतिक संचरना मापदण्ड अनुसार भएनभएको अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको गम्भीर लापरवाहीको शिकार विद्यार्थी हुनुपरेको भन्दै उनले विद्यालय प्रशासन र लापारवाहीपूर्ण अनुगमनमा संलग्नलाई तत्काल कारवाही गर्न उने माग गरेका छ् ।
विद्यालय प्रशासनको दलाली चरित्रका कारण जघन्य अपराधका शिकार विद्यार्थी बनेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारवाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ । घटनाका घाइते विद्यार्थीलाई उचित क्षतिपूर्ति दिन समेत माग गरिएको छ ।




















प्रतिक्रिया