चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीमाथि वीरगञ्ज नेशनल मेडिकल कलेज प्रशासनले गरेको आक्रमणको चिकित्सा शिक्षा संघर्ष समितिले निन्दा र भत्सर्ना गरेको छ ।
सरकारले भनेबमोजिम भन्दा बढी अवैध रुपमा लिएका रकम फिर्ता कलेजले गर्न नमानेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि सञ्चालकले दुव्र्यवहार र हातपात गरेको थियो ।
सोही घटना विषयलाई लिएर चिकित्सा शिक्षा संघर्ष समितिले काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर वीरगञ्ज मेडिकल अस्पताल प्रशासनले विद्यार्थीमाथि मच्चाएको आतंक रोक्न र दुव्र्यहार र हातपात घटनको निष्पक्ष छानबिन गरी दोषीलाई सार्वजनिक गर्न माग गरेको छ ।
घटनाको संघर्ष समितिले मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीकै उपस्थिति र निर्देशनमा विद्यार्थीमाथि हातपात, कुटपिट, गालीगलौज र विद्यार्थीको गाडी तोडफोड गरिएको भन्दै आपत्ति तत्काल पक्राउ गरी कानूनबमोजिम कारवाही गर्न माग गरेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले पत्रकार सम्मेलनबाट घटनाका मुख्य योजनाकार निर्देशक अन्सारी रहेको बताउँदै अक्रमणमा प्रयोग गरिएका लठैतलाई नियन्त्रणमा लिई कारवाही गर्न माग गरे ।
संयोजक चन्द र समितिका प्रवक्ता नरेश भट्टले विहिबार एक संयुक्त विज्ञप्ति जारी गरेर आक्रमण घटनाको निन्दा गर्दै घटनाको तत्काल छानबिन गर्न र दोषीलाई कारवाही गर्न माग गरेका थिए । दोषीमाथि कारवाही नगरिए आन्दोलनबाटै जवाफ दिने समेत संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत चेतावनी दिएको छ ।
कलेज प्रशासनले विद्यार्थीलाई बुधबार राति कलेजको होस्टल परिसरभित्रै दर्जन भन्दा बढी संख्यामा आएका स्थानीय गुण्डा र सञ्चालक नजिकका सिनियर विद्यार्थीले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि कुटपिट गरेका थिए ।
संयोजक चन्दले विद्यार्थीसँग सरकारले तोकेभन्दा चर्को शुल्क असुल्ने ‘माफिया’ अन्सारीलाई संरक्षण नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । घटनाप्रति सरकारले मौनता साँधेर पीडितलाई अन्याय गरेको चन्दको भनाई छ । ‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दा पनि सरकार मुकदर्शक हुनु दुःखद् हो’ उनले भने ।
मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा बिहीबार नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेजमा विद्यार्थी आन्दोेलनमा छन् । दुवै मेडिकल कलेजले सरकारले तोकेको भन्दा ६ देखि २० लाख रुपैयाँसम्म अवैध शीर्षक खडा गरेर रकम असुलेको पाइएको छ ।
यी कलेजहरुमा त्रिभुवन विश्वविद्यालयको प्रोग्राम चलाउँदै आएको छ । बढी रकम असेलेको पाइएपछि त्रिभुवन विश्वविद्यालय दसैं अगाडि चितवन मेडिकल कलेजलगायतलाई बढी लिएको शुल्क तत्काल फिर्ता गर्न पत्राचार समेत गरिसकेको छ । तर कलेजहरुले अटेर गरेपछिपीडित विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सा शिक्षालाई माफियाको चंगुलमा पुर्याएर महंगो बनाउने काममा सरकारकै संरक्षण रहेको भन्दै शिक्षालाई सर्वसाधारणको पहुँच र सर्वसुलभ बनाउन मागसहित भदौ ५ देखि चन्दको नेतृत्वमा संघर्ष चलाइरहेको छ । चन्द विश्वका पुत्र हुन् । उनी विप्लव नेकपानिकट चिकित्सकहरु आवद्ध अखलि नेपाल जनसाँस्कृतिक महासंघका महासचिव समेत हुन् ।




















प्रतिक्रिया