आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो ।
दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो । डा. कोइराला त्रिभुवन विश्वविद्यालयका उपकूलपति नियुक्तिको चर्चा रहेको बेला काउन्सिल नेतृत्व बनाइएको हो ।




















प्रतिक्रिया