Logo

विविध

राजविराजमा प्रेस युनियनको कार्यालय स्थापना



नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गरे।

सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताए । सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै सङ्गठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसले नै लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ एवं प्रेस युनियनका केन्द्रीय सदस्य माधव चौलागाईँ, नेपाल प्रेस युनियन सप्तरीका संस्थापक संयोजक गणेशलाल देव, संस्थापक कोषाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, युनियनका केन्द्रीय पार्षद् एवं नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्वअध्यक्ष मुरलीप्रसाद यादव, युनियनका पूर्व जिल्ला अध्यक्ष ओमप्रकाश साहसहितले मन्तव्य व्यक्त गरेका थिए । 

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।