शिक्षण अस्पताल महाराजगंजमा उपचार गरहेको प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्य अवस्था गम्भिर भएपछि अस्पतालको मनमोहन सेन्टरमा उपचाररत प्रधानमन्त्रीको पुन मृगौलामा समस्या देखिएकाले उपचारका लागि लगिएको हो । तर, प्रधानमन्त्री ओली अझै अर्को खतरामुक्त भई नसकेको समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
नयाँ पत्रिकाका अनुसार मृगौला रोगको उपचार गराईरहेको प्रधानमन्त्री ओलीको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो । शिक्षण अस्पतालका डाक्टरहरुको मेहेनतले ओलीको स्वास्थमा सुधार आएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगाैला प्रत्यारोपण गराएका थिए । उक्त मृर्गौलाले काम गर्न छाडेपछि पुन अर्को मृगाैला प्रत्यारोपण गर्ने तयारी पनि भईरहेको छ ।




















प्रतिक्रिया