Logo

विविध

सवारी दुर्घटनामा दुई जनाको मृत्यु 



बारा, निजगढ नगरपालिका-१३ शक्ति खोला बगरस्थित सडकमा ना.७ त ५७१९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मकवानपुर बकैया गाउँपालिका-६ गबरस्थान बस्ने ६७ वर्षीय रामसिंह थिङको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका रामसिंहको उपचारको लागि हेटौंडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी बारा जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।