प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको घाउ निको हुँदै गएको र मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थितिमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भए यो हप्ता नै प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिने महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओलीको घाउमा संक्रमण नआओस भनेर मात्रै सघन उपचार कक्षमा राखिएको डा. श्रेष्ठले बताएका छन ।
तर उनको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले कामम नगरपछि शुरु भएको डायलाइसिसको मात्रामा भने बढाउनुपर्ने देखिएको अस्पताल स्रोतले जनायो ।




















प्रतिक्रिया