Logo

प्रमुख समाचार

सरकारले माफियालाई जोगाएको भन्दै मेडिकल कलेजका विद्यार्थीले प्रवेशपत्र जलाए



मेडिकल कलेजहरुले अवेध रुपमा लिएको शुल्क फिर्ता गर्नेबारे सरकारले माफियालाई जोगाउने गरी कलेजसँ संचालकसँग गरेको दुई बुँदे सहमतिप्रति जनाइरहेका मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिष्कार गरेका छन् ।

बहिष्कारको आन्दोलनमा उत्रिएका उनीहरुले कलेजले बुधबार बाँडेको बिहिबारको परीक्षा प्रवेश पत्र सडक लगेर जलाएका छन् । यससँगै आन्दोलन थप कडा बन्ने संकेत दिइएको छ ।

बीरगन्जको नेशनल मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज ९सीएमसी०, धनुषाको जानकी मेडिकल कलेज र भैरहावाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिष्कार गरेका हुन् ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमै उत्रिएर सहमतिविरुद्ध नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । भोलि बिहीबारबाट परीक्षा हुँदैछ ।

गत मंसिर १३ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भएपछि आन्दोलनले उठाएको माग तुहाउन सरकार र कलेज संचालबीच षडयन्त्रपूर्ण सहमति भएको आरोप उनीहरुको छ ।

सहमति खारेज गरेर आन्दोलनरत विद्यार्थीसहितको पक्षबीच वार्ता र सहमति नगरेसम्म आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थीहरुको भनाई छ । चिकित्सा शिक्षामा माफियाहरुको चलखेल र महंगीले सीमा नाघेको तथा अध्ययनरत विद्यार्थीसँग सरकारले तोकेभन्दा २० लाख रुपैयाँसम्म कलेजहरुले अवैध रुपमा शुल्न असुलेको फहेरिस्तसहि तगत भदौबाट चिकित्साा शिक्षा संघर्ष समितिको नेतृत्वमा आन्दोलन चलाइरहेका छन् ।

संघर्षको नेतृत्व विप्लवका पुत्र प्रकाश चन्दले गरिरहेका छन् । सरकारले आन्दोलनरत विद्यार्थीको माग छलेर मेडिकल माफियासँग झुकेर सहमति गरेको भन्दै खारेज गर्न उनले सरकारसँग माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १२:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।