Logo

विविध

घाँसको बिषयमा विवाद हुँदा खुकुरी प्रहार गर्ने रेग्मी पक्राउ



सोलुखुम्बु, ५५ वर्षीया महिलालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा माप्यदुधकोशी गाउँपालिका-६ वाप्सा बस्ने ७३ वर्षीय सिह बहादुर रेग्मी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

घाँसको बिषयमा विवाद हुँदा मगरले ती महिलालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी वाकु पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १२:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।