स्वस्थानी ब्रत आजबाट सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाबाट सुरु हुने स्वस्थानी ब्रत माघ शुक्ल पूर्णिमासम्म चल्ले गर्दछ ।
स्वस्थानी ब्रत लिने र माघ स्थान गर्नेहरुले हिजै अर्थात पौष शुक्ल चतुर्दशीको दिनबाट हात गोडाका नङ काटी, शुद्ध खाने कुरा खाई, शुद्ध वस्त्र पहिरिएर, एकचित्त भइरहनु पर्ने धार्मिक मान्यता छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्रीस्वस्थानीको ब्रत बसेर महादेव स्वामी पाएको प्रसंग स्वास्थानी कथामा छ । त्यसैगरी गोमा ब्राह्मणीले यसै ब्रत गर्दा दुखः र गरिबीबाट मुक्ति पाएको र नवराजकी पत्नी चन्द्रवतीले श्रीस्वस्थानीको निन्दा गर्दा दुःख पाएको जस्ता कुरा पनि कथामा छन् ।
श्रीस्वस्थानीको ब्रत तथा पुजा गर्दा मनले चिताएको पुग्ने, यस लोकमा सुख समृद्धि प्राप्त हुनुका साथै परलोकमा पनि सुख प्राप्त हुने धार्मिक मान्यता छ ।
यसै अबसरमा काठमाडौको साँखुमा रहेको शाली नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गरेको छ ।




















प्रतिक्रिया