Logo

समाचार

एसईई परीक्षा चैत ६ गतेदेखि हुने (तालिकासहित)



एसईईको परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने गरी परिक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

परीक्षा तालिका अनुसार पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।

त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणित र १७ गते अन्तिम दिन विभिन्न प्राविधिक विषयको परीक्षा सञ्चालन हुने छ ।

बोर्ड परिक्षामा यसअघि कम ग्रेड ल्याएकाले समेत सहभागी हुनसक्ने व्यवस्था गरीएको छ । परीक्ष बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।