Logo

विविध

६५ रुपैयाँमा पेटभरी खाना खान पाउने (भिडियो सहित)



काठमाडौंवासीले अब भने ६५ रुपैयाँले नै पेटभरी खाना पाउने भएका छन् । अनामनगरमा हाम्रो टिम नेपालद्धारा हाम्रो खाना घर होेटेल सन्चालनमा ल्याइएको छ ।
 
नायक तथा मोडेल पल शाह र गायक दुर्गेश थापाको उपस्थितिमा उक्त खाना घरको उद्घाटन गरिएको हो । कोरोना भाइरसको कारण भोकभोकै हिडेका अप्ठ्यारामा परेका मानिसहरुलाई विभिन्न सर-सहयोग गदै आएको उक्त टिमले सामाजिक कार्यमा निर्कै सहयोग समेत गरेका छन् । विद्यार्थी , पत्रकार, पठाउ,टुटल,जस्ता विभिन्न क्षेत्रका मानिसहरुलाई छिटो छरितो र सस्तो खाना खुवाउने उदेश्यले उक्त होटल खोली सन्चालनमा ल्याईएको उक्त टिमले जानकारी दिएको छ ।
 
शनिबार भएको उक्त उद्घाटन कार्यक्रममा सहभागि सबैजनाले खाना खाएर राम्रो प्रतिक्रया दिनुभएको र यस्तै माया गरे र मनपराईदिनु भयो भने यस्तै खाना घर विभिन्न ठाउँमा खोल्ने प्रतिबद्धता समेत जनाएका छन् ।
 
भिडियो हेर्नुहोस्:- 
 
 
 
 
 
 
 
Aa
 

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।