Logo

प्रमुख समाचार

नेविसंघका विद्यार्थीले त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड गरे



नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरेको छ । गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविसंघ त्रिवि समितिले उपकलपतिको कार्यकक्ष आइतबार तोडफोड गरेको हो ।

लामो समयदेखि विश्वविद्यालयमा राजनैतिक भागबन्डा बन्दको माग गर्दै आएका छन् । उपकुलपति बास्कोटा विद्यार्थीको मागमा उदासिन देखिएपछि आफूहरु तोडफोडमा उत्रिनुपरेको नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले बताए ।

उपकुलपतिबाट विश्वविधालय परिसरभित्र प्रहरी चौकी राख्ने र त्यही प्रहरी बलको भरमा विद्यार्थीलाई अपमान गर्ने काम भएकाले आन्दोलन गर्नुपरेको रावलले बताए । उपकुलपति बास्तोलाले भने आफूलाई नियुक्त गरेको पार्टीको दवाबमा रजिस्ट्रार नियुक्त गरेको भन्दै नेकपाभन्दा बाहिर गएर नियुक्त गर्न नसक्ने अवस्था रहेका प्रतिक्रिया दिएको रावले बताए ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।