Logo

विविध

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु   



बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । 

बर्दिया, बारबर्दिया नगरपालिका-६ मानपुर चोकस्थित सडकमा भे.४ प ३५८३ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश०२-००३ प २६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश०२-००३ प २६४६ नम्बरको मोटरसाइकलका चालक कैलाली लम्कीचुवा नगरपालिका-९ बस्ने धुर्ष महताको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका धुर्षको प्राथमिक स्वास्थ्य केन्द्र जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । 

धनुषा, विदेह नगरपालिका-३ चिकनास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ मैनाथपुर बस्ने २० वर्षीय सुबिन मण्डलको घटनास्थलमै मृत्यु भएको छ । 

सर्लाही, कौडेना गाउँपालिका-२ स्थित सडकमा ज.१ त ४६८३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २७ वर्षीय बिबेक यादवको घटनास्थलमै मृत्यु भएको छ । 

यसैगरी सर्लाही, मलंगवा नगरपालिका-९ स्थित सडकमा सोमबार साँझ हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट पैदलयात्री मलंगवा नगरपालिका-९ डेरा गरी बस्ने भारत सितामढी घर भएकी ५५ वर्षीया मणि देवीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी मणि देवीको नेशनल मेडिकल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

झापा, शिवसताक्षी नगरपालिका-१ लामाबस्तीस्थित सडकमा मे.१ ज १५२८ नम्बरको पिकअप भ्यानले मे.६ प ५०६८ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३० वर्षीय राज कुमार खेमदेन लिम्बुको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शिशिर खत्रीको स्थानीय अंशु मेडिकलमा उपचार भईरहेको छ । पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी झापा, गौरादह नगरपालिका-४ मझुवास्थित सडकमा मे.१० प ११६७ नम्बरको मोटरसाइकल र मे.४ प २२७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मे.१० प ११६७ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका-५ बस्ने ३४ वर्षीय होम प्रसाद उप्रेतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे.४ प २२७२ नम्बरको मोटरसाइकलमा सवार चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । 

नुवाकोट, बिदुर नगरपालिका-१ ढुङ्गेस्थित सडकमा ग.१ ख ८८५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० बस्ने १९ वर्षीय दिनेश तामाङको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका दिनेशको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १२:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।