Logo

समाचार

मानव स्वास्थ्यका लागी अमृतसमान टिमुर



नेपालको पश्चििमी भूभागमा बढी उत्पादन हुने टिमुरलाई हामीले मसलाको रुपमा प्रयोग गर्दै आएका छौँ । तितो पिरो र जिब्रो पर्पराउने स्वाद टिमुरमा पाइन्छ । यसलाई दाना वा पिसेर धुलोको रुपमा प्रयोग गरिन्छ । यस्तै, घरायसी रुपमा टिमुरलाई प्रशोधन गरेर साबुन, दन्तमञ्जन र अत्तरको रुपमा समेत प्रयोग गरिन्छ ।

टिमुरमा विभिन्न आयुर्वेदिक गुण छन् । यसबाट निस्कने रसायनबाट विभिन्न रोगका औषधि बनाउन सकिने अनुसन्धानले पुष्टि गरेको छ । टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोसँग सम्बन्धित विभिन्न रोग,दाँत खिइने समस्या र झाडापखाला नियन्त्रणका लागी प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायन बनाउन सकिन्छ ।

लेक लाग्ने समस्या समाधानका लागी टिमुरलाई औषधिका रुपमा लिइन्छ । टिमुरमा पाइने कुन तत्वबाट लेक लाग्ने समस्याको औषधि बनाउन सकिन्छ ? यसबारे अध्ययन भइरहेको छ ।

रक्तचापको समस्या भएका व्यक्तिमा टिमुरको प्रयोग निकै प्रभावकारी मानिन्छ । टिमुरबाट निस्कने एक प्रकारको रसायनबाट रक्तचाप नियन्त्रण गर्न सकिन्छ । दाँत दुख्ने, हैजा,आँखाको दृष्टि कम हुने र भोक कम लाग्नेजस्ता स्वास्थ्य समस्याका लागी आयुर्वेदिक औषधिको रुपमा टिमुर प्रयोग गरिन्छ ।

यसमा हुने फोस्फरसको मात्रा हाडका लागी लाभदायिक हुन्छ । खुट्टा मर्किदा, टाउको दुख्ने, पिनास जुका पर्नेजस्ता विभिन्न समस्याका लागी पनि टिमुरको प्रयोग गर्न सकिन्छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार ०४:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।