बुटवलमा गृहकार्य नगेको भन्दै शिक्षकको कुटाइबाट विद्यार्थीको आँखामा गहिरो चोट लागेको छ । जिल्लाको सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा पढ्ने १० वर्षीय तौफिक धुनियालाई गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईले निर्घात कुटेका थिए ।
शिक्षकको कुटाइबाट बालकको बाँया आँखामा गम्भीर चोट लागेको छ । उनलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पु¥याइएको छ ।
यता बोर्डिङ स्कुलका प्रिन्सीपल सुरेन्द्र बरईले भने विद्यार्थीलाई कुटपिट नभएको दाबी गरेका छन् । ‘धुनिया शिक्षकको कुनै पनि कुरा मान्दैनथे । अटेरी गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउनु भएको हो । कुट्नु भएको छैन,’ उनले भने ।
प्रहरीले उजुरी लिएन
शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ ।




















प्रतिक्रिया